किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा आज असोज २१ गते सम्पन्न भएको छ।
तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा आयोजित सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।...










