इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ का सुबिन पराजुलीले युवा (३५ वर्षमुनि) कोशी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पराजुलीले पार्टीको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिएका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता, नेतृत्व विकास र समसामयिक विषयलाई पार्टीको मूलधारमा जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
मोरङ–३ बाट कांग्रेसको राजनीतिमा सक्रिय पराजुलीको उम्मेदवारीले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।







