सुन्दरहरैँचामा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न, हिमालयले तीनै तहमा बाजी मार्यो
सुन्दरहरैँचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न ‘अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता–२०८३’ मा हिमालय इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै तहमा प्रथम स्थान हासिल गरेको छ।
सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्...










