सुनसरी–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिजन गुरुङको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट सिजन गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
राजनीतिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय गुरुङ समाजसेवामा समेत संलग्न रहँदै आएका छन्। सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै आएका उनले पार्टी संगठनलाई थप गतिशील, सशक्त र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
गुरुङले पार्टीभित्र नयाँ सोच, सक्रिय ...










