इटहरी । नेपाली कांग्रेस इटहरीका निवर्तमान नगर सभापति तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने भएका छन्।
पौडेल सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उठ्ने तयारीमा जुटेका हुन्। सुनसरी कांग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलले इटहरीको पार्टी संगठनमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका पौडेल स्थानीय तहको नेतृत्वमा समेत सक्रिय छन्।
युवा पुस्तामाझ लोकप्रिय नेताका रूपमा चर्चा कमाएका पौडेल कार्यकर्तासँगको सहज सम्बन्ध र संगठन निर्माणमा सक्रियताका कारण कांग्रेसको स्थानीय राजनीतिमा चर्चामा रहँदै आएका छन्। इटहरीको राजनीतिक वृत्तमा उनको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
नगर सभापतिदेखि उपमहानगरको नेतृत्वसम्मको अनुभव बोकेका पौडेलको उम्मेदवारीले सुनसरी क्षेत्र नम्बर २ को कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचनलाई थप चर्चित बनाएक







