निजामती सेवा दिवसका कार्यक्रम स्थगित गर्दै सुनसरी जिल्ला अदालतमा रक्तदान
इटहरी । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि राज्यको ध्यान केन्द्रित भइरहेका बेला सुनसरी जिल्ला अदालत, इनरुवाले यस वर्षको निजामती सेवा दिवसका अवसरमा तय गरिएका विभिन्न औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ।
प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुगेपछि सरकारले निजामती सेवा दिवसका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रमहर...










