सुनसरी–२ कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयन विवाद चर्कियो, सिजन गुरुङको असहमति, सूर्य राईको निवेदन

सुनसरी–२ कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयन विवाद चर्कियो, सिजन गुरुङको असहमति, सूर्य राईको निवेदन
इटहरी/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद चर्किएको छ। सहमतिका नाममा सार्वजनिक गरिएको प्रतिनिधि सूचीप्रति नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा युवा नेता सिजन गुरुङले असहमति जनाएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिका खुला उम्मेदवार सूर्य राईले निर्वाचन प्रक्रिया र प्रतिनिधि चयनप्रति विरोध जनाउँदै औपचारिक निवेदन दिएका छन्। ...

शिक्षामा AI : समयको माग, प्रविधिको साथ

शिक्षामा AI : समयको माग, प्रविधिको साथ
इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा ...

विकास भण्डारीको राजनीतिक धारणा : स्वाभिमान र जवाफदेहितामा जोड

विकास भण्डारीको राजनीतिक धारणा : स्वाभिमान र जवाफदेहितामा जोड
विकास भण्डारीले आफूले अघि सारेको राजनीतिक धारणा स्वाभिमान, विचार र जनताप्रतिको जवाफदेहितामा आधारित रहेको बताउँदै आएका छन्। उनका अनुसार राजनीति कुनै व्यक्ति वा समूहको प्रभावमा चल्ने नभई जनताको आवाज र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। भण्डारीको राजनीतिक दृष्टिकोणमा पद र पहुँचभन्दा विचार तथा सिद्धान्तलाई प्राथमिकता दिइएको छ। सही विषयमा बोल्दा आफ्नै पक्षका व्यक्ति असन्तुष्ट भए पनि सत्य कुर...

सुन्दरहरैँचामा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न, हिमालयले तीनै तहमा बाजी मार्‍यो

सुन्दरहरैँचामा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता सम्पन्न, हिमालयले तीनै तहमा बाजी मार्‍यो
सुन्दरहरैँचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न ‘अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट प्रतियोगिता–२०८३’ मा हिमालय इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै तहमा प्रथम स्थान हासिल गरेको छ। सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्...

आठराई गाउँपालिकाको नगर बस सेवा सञ्चालनमा, ज्येष्ठ नागरिक र विद्यार्थीलाई निःशुल्क

आठराई गाउँपालिकाको नगर बस सेवा सञ्चालनमा, ज्येष्ठ नागरिक र विद्यार्थीलाई निःशुल्क
तेह्रथुम । आठराई गाउँपालिकाले सञ्चालन गरेको नगर बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाले सर्वसाधारणलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले संक्रान्तिबजारदेखि पाँचथरको फिदिमसम्म बस सेवा सुरु गरेको हो। गाउँपालिकाका अनुसार बस सेवामार्फत स्थानीय नागरिकलाई दैनिक आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ। सेवा सञ्चालनसँगै विभिन्न वर्गका नागरिकलाई छुट तथ...

भोजपुरको याङपाङमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

भोजपुरको याङपाङमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
भोजपुर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भोजपुरको अरुण गाउँपालिका–१, याङपाङमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा याङपाङ खेलकुद विकास समिति, अरुण गाउँपालिका–१ को आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको मुख्य प्रायोजन अरुण गाउँपालिका, याङपाङ तथा अरुण गाउँपालिका–१ वडा कार्यालयले गरेका छन्। ...

टेम्केमैयुङमा अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै

टेम्केमैयुङमा अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। गोगने खेलकुद विकास समितिको आयोजनामा आगामी असोज २१, २२ र २३ गते शिवालय खेल मैदान, गोगनेमा प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा विभिन्न वडाका टोलीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति असोज २० गतेसम्म तोकिएको आ...

सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउँदै, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड

सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउँदै, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड
सुन्दरहरैँचा : स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यप्रति बढ्दो चासोलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउने भएको छ। फिटनेस तथा व्यायाममार्फत शरीरलाई स्वस्थ, सक्रिय र ऊर्जावान बनाउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको एसएस फिटनेसको ग्रान्ड ओपनिङ असोज १८ गते आइतबार बिहान ११ बजे हुने जनाइएको छ। फिटनेस सेन्टरमा आधुनिक व्यायाम उपकरण, अनुभवी प्रशि...

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ
इटहरी । इटहरी उपमहानगरपालिका–२०, तरहरामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ। वडा कार्यालयसम्म आउन नसक्ने अति अशक्त तथा ज्येष्ठ नागरिक लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा सदस्य तनुज गुरुङ वडा कार्यालयको टोलीसहित लाभग्राहीको घर–घरमा पुग्नुभएको हो। वडा सदस्य गुरुङले जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेदेखि नै वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने ज्येष्...

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा
इटहरी । चाडपर्वलाई लक्षित गर्दै सुनसरीको इटहरीस्थित बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्रुको सहजता, सुरक्षा तथा यात्राका क्रममा हुनसक्ने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रुलाई गन्तव्यसम्मको यातायात, टिकट, भाडादर तथा यात्राका क्रममा आइपर्ने समस्याबारे आवश्यक जानकारी र सहजीकरण गरिने जनाइएको छ। चाडपर्वका समयमा य...