विराटनगरमा ‘समर लभ’ नाटक मञ्चन हुँदै
इटहरी : चर्चित लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा तयार भएको नाटक असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा मञ्चन गरिनेछ।
नाटकका लागि बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीनवटा शो राखिएको आयोजकले जनाएको छ। नाटकको लेखन सुबिन भट्टराईले गरेका छन् भने निर्देशन सम्राट भुजेलले गरेका छन्।
नाटकको टिकट Kantip...










