• इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा पवन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। उनी सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन्।

‘सुदृढ संगठन, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका अधिकारीले विकास, समृद्धि र समाजवादको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र नीतिलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा पेशागत क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको उनको चुनावी सन्देशमा उल्लेख छ।

अधिकारीले कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत क्षेत्रबाट प्रतिनिधित्व गर्दै पार्टीको संगठनात्मक विकास र समृद्ध नेपालको लक्ष्यमा योगदान पुर्‍याउने उद्देश्य अघि सारेका छन्।

Smart

तपाईको प्रतिक्रिया