बोल नेपाल

शिक्षा (Education) समाज सुदूरपश्चिम प्रदेश

हुम्ला–बाजुरा सीमा विवाद हिंसात्मक: ६ जना घाइते, ४ जनाको हेलिकप्टरबाट...

बाजुरा | हुम्ला र बाजुराको सीमा क्षेत्रमा जारी पुरानो सीमा विवादले हिंसात्मक रूप लिएको छ। चार दिनदेखिचलिरहेको तनावका क्रममा झडप हुँदा ६ जना घाइते भएका छन् भने गम्भीर घाइते ४ जनालाई थप उपचारकालागि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। विवादको कारण: प्रहरी चौकी निर्माण बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित थालीकास्थानीयवासीबीच सीमानाका विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो समय सुदूरपश्चिमप्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटमा लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया सुरु भएपछि सोविवाद पुनः चर्किएको हो। स्थानीयवासीका अनुसार उक्त क्षेत्र परम्परागत रूपमा पशुचौपाया चराउने र जडीबुटी संकलन गर्ने थलो भएकालेप्रहरी चौकी निर्माण गर्न नहुने माग उनीहरूको छ। बाजुराका प्रहरी निरीक्षक नरेश शाहीका अनुसार जेठ ५ गतेहुम्लाबाट ठूलो संख्यामा आएका स्थानीयवासी र बाजुराका स्थानीयबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेकोथियो। बुधबार पनि स्थानीयले बाजुराको धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए, जसलाई प्रहरीलेहस्तक्षेप गरी खुलाएको छ। घाइतेहरूको अवस्था झडपमा परी हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४वर्षीया मीनु कुँवर र ५० वर्षीय नरबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागिहेलिकप्टरमार्फत लगिएको छ। घटनामा सामान्य घाइते भएका हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी सामान्य उपचारपछि काममा फर्किएका छन्।
कोशी प्रदेश राजनीति समाज

संसदमा इटहरीको आगलागी र दमकल अभावको मुद्दा : तत्काल अत्याधुनिक...

इटहरी: प्रतिनिधिसभाको आकस्मिक समयमा इटहरी उपमहानगरपालिकामा बढ्दो आगलागीका घटना, दमकल अभाव र सार्वजनिक सम्पत्तिको क्षतिबारे गम्भीर प्रश्न उठाइएको छ। संसदमा...
आधुनिक र अन्तर्क्रियात्मक (Modern & Interactive) कोशी प्रदेश वातावरण शिक्षा (Education) समाज स्थानीय तह

दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स मिरर...

दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स मिरर स्थापना दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स...
कोशी प्रदेश मधेश प्रदेश समाज स्थानीय तह

सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदीसँगै बग्दै गएको बस्ती

सपतरी | सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको छ । प्रत्येकवर्ष बसोबास भूभाग बाढी र कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो । दशकौँदेखि बसोबासक्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् । नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको छ ।  टप्पुुमै जन्मिएर हुर्किएकाअनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय पनि बर्खामा हुने कटानटप्पुक्षेत्रमै हुँदा डर र त्रास रहेको बताउनुहुन्छ । सात दशकअघि श्रीलङ्काटप्पुु अहिलेको भन्दा झन्डै दोब्बर ठुलोरहेको स्थानीय बताउँछन् । टप्पुु क्षेत्रमा सात दशकदेखि मानवीय बसोबास रहेको र कृषिका लागि उर्वर भूमिरहेकाले यहाँका मानिस कृषिकर्ममा रमाउँदै आएको वराहक्षेत्र–९, राजावासका लालबहादुर लिम्बू बताउनुहुन्छ ।उहाँका अनुसार प्रशस्त चरनक्षेत्रसमेत भएकाले टप्पुुवासी पशुपालन पनि गर्दै आएका छन् । गोलभेँडा, तरकारी, मकै, गहुँ, बदाम, उखु, बेसार उत्पादनका लागि उर्वर भूमि मानिने टप्पु क्षेत्र कोशी नदीकोकटानका कारण विस्तारै साँघुरिँदै गएको बताइन्छ । नदी कटानले हरेक वर्ष जमिन काट्दै लैजाँदा दशकौँदेखिटप्पुलाई आफ्नो थातथलो बनाएर बसोबास गर्दै आएका टप्पुवासीले आफ्नो भविष्यसमेत बगिरहेको महसुसगरेका छन् । आफ्नो माटोसँगको मोह र जीविकोपार्जनको आधार यही भएकाले टप्पु क्षेत्र छोड्न नसकेकोस्थानीय बद्री राई बताउनुहुन्छ ।कोशीको सतह घट्दै जाँदा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्को वर्षायामआउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने कहिल्यै मुक्त हुननसकेको उहाँको भनाइ छ ।  वर्षायामभरि कोशीले मच्चाउने वितण्डाबाट त्रसित टप्पुुवासीलाई हिउँदमा भनेजङ्गली जनावरको पनि पीडा छ । टप्पुुमा बाढीको त्राससँगै हिउँदमा जङ्गली हात्ती र वन्यजन्तुको आतङ्कपनि टप्पुुवासीको अर्को समस्या बनेको छ । आरक्ष क्षेत्रबाट निस्कने जनावरले बाली नष्ट गर्ने र जनधनमा क्षति पु‍¥याउने गरेका छन् । टप्पु क्षेत्रको अनुकूलवातावरणका कारण कृषि उपज र पशुपालन असाध्यै राम्रो हुने भएकाले दशकौँदेखि त्यहाँ रहेर जीविकाचलाइरहेका टप्पुवासीे टप्पु क्षेत्रलाई चटक्कै छोड्न सकेका छैनन् । सुनसरीको पश्चिमी सिमाना र उदयपुरकोपूर्वी सिमाना छुट्याउने सप्तकोशीको भेल र कोशीको सिपेचको बिचमा रहेको टप्पुका गाउँ सप्तकोशी नदीले बेलाबेला धार परिवर्तन गर्दा कटानमा पर्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडाटप्पुुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पुमा पाँच हजारभन्दाबढीको सङ्ख्यामा मानिसको बसोबास रहेको वराहक्षेत्र नगरपालिका–६ का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो। वडाध्यक्ष पोख्रेलका अनुसार यस वर्ष बढी कटान हुने ठाउँमा प्रोव्रmोपाइल र जाली–ढुङ्गा लगाउने कामभएको छ । हरेक वर्ष जेठदेखि भदौसम्म नदीले कटान गर्ने चिन्ताले टप्पुुवासीलाई पिरोल्छ । कोशीको कटानलेटप्पुुको अस्तित्वै राख्ला, नराख्ला भन्ने त्रासदी रहिरहने टप्पुवासी बताउँछन् ।
समाज

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्री रोक्न माग

चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिमदेखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा...
समाज

बुटवलमा सुकुम्वासीको बृहत् प्रदर्शन

काठमाडोौं | देशभरका सुकुम्वासीले आइतबार (जेठ ३) रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्गचौराहाबाट प्रदर्शन सुरु भएको थियो । त्यहाँबाट प्रदर्शन तथा र्‍याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदैट्राफिक चोकमा पुगेर कोषसभामा परिणत भएको छ । प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन् । सरकारले विकल्पबिना सुकुम्बासी तथाअव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको, लखेट्ने कार्य गरेकाले प्रदर्शन गरिएको संघर्ष समितिकासंयोजक खगेन्द्र पौडेलले बताए । सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका पौडेलको भनाइ छ ।
अर्थ / व्यवसाय कोशी प्रदेश समाज

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन...

विराटनगर :| कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखिविराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोशी प्रदेश योजना आयोग गठन सञ्चालनआदेश, २०८३’ लाई कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिताघिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाईकानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।
कोशी प्रदेश समाज

सीमापार आवतजावत निगरानीमा जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

विराटनगर | जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुमाथि सुरक्षा निगरानी कडा बनाइएको छ। मोरङ प्रशासनले सीमा क्षेत्रमा हुने अवैध...
कोशी प्रदेश समाज

लालीगुराँस नगरपालिकामा बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको...
कोशी प्रदेश विशेष रिपोर्ट शिक्षा समाज

इटहरीका मेयरलाई हुकुमी शासन नचलाउन अभिभावकको चेतावनी

इटहरी | इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति तोकिएपछि अभिभावकले विरोध जनाएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर तथा शिक्षा समिति...