स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुन्दरहरैँचा–१० मा एक पुरुष मृत फेला

सुन्दरहरैँचा (मोरङ) :मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित लोहरद्रा–केराबारी साझेदारी वन कार्यालयको उत्तरतर्फ रहेको टिकको वन क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीयका अनुसार अन्दाजी ५०/६० वर्ष उमेरका ती पुरुष वन क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्। उनको पहिचान भने खुल्न सकेको छैन।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक प्रक्रिया अघि बढाउँदै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको कारणसमेत अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *