भोक्राहा । रसुवाका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भोक्राहा नरसिंह गाउँ पालिकाले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुले तलब सहयोग गर्ने निर्णय गरेको छ।
गाउँ पालिकाले विहिवार छलफल अनुसार अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुले ५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

भोक्राहा नरसिंह गाउँपलिका कर्मचारी र जनप्रतिनिधिले रसुवाका बाढी पीडितका अधिकृत स्तरको कर्मचारी ३ दिनको तलब बराबरको रु. ५ हजार , साहयक स्तरको २.५ दिनको रु. ३ हजार , सहयोगि कर्माचारीहरुले २ दिनको तलब बराबरको रु. १ हजार रुपैया सहयोग गरेका छन।

जम्मा ४४ जनप्रतिनिधि र कर्मचारी १२१ जना ,शिक्षक र विद्यालय कर्मचारी गरि २१० जम्मा ३ सय ७५ जनाले सहयोग बापत जम्मा रु. ७ लाख ७०हजार रुपैया सहयोग गरेको छ ।

Smart

तपाईको प्रतिक्रिया