इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम आगामी १९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
नयाँ शोरुमको उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै उद्घाटन अवधिभर डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक ओम लामिछानेले जानकारी दिए ।
साथै, तीज तथा आगामी चाडपर्वलाई मध्यनजर गर्दै सुनका गहनामा पनि विशेष छुटको व्यवस्था गरिएको छ। ग्राहकले विभिन्न डिजाइन तथा आकर्षक गहनाहरू विशेष छुटमा खरिद गर्न सक्ने जनाइएको छ।
ओम साई डायमण्डका सञ्चालकले उद्घाटन कार्यक्रममा सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा शुभचिन्तकलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन्। साथै, न्यु ओम साई गहना गृहको २१औँ वार्षिकोत्सवमा समेत सहभागी भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेका छन्।
ओम साई डायमण्डमा ग्राहकले आफ्नो रोजाइ र आवश्यकताअनुसार विभिन्न आकर्षक डिजाइनका प्राकृतिक हिरा (नेचुरल डायमण्ड) जडित गहना खरिद गर्न सक्नेछन्। यहाँ उपलब्ध डायमण्ड प्रमाणित हुने भएकाले ग्राहकले गुणस्तर र विश्वसनीयताका साथ गहना खरिद गर्न सक्ने सञ्चालक लामिछानेले जानकारि दिए ।
इटहरीमा लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरता दिँदै नयाँ पुस्ताको रोजाइअनुसार डायमण्ड गहनाको सेवा विस्तार गरेको हो।
उद्घाटनसँगै तीज तथा चाडपर्वलाई लक्षित गरी डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुट तथा सुनका गहनामा विशेष छुटको व्यवस्था गरिएकाले ग्राहकका लागि यो अवसर विशेष हुने सञ्चालकको भनाइ छ।







