इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय सभापति–१ पदका लागि फुर्लाक्पा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्।
‘एकताबद्ध समाज, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ भन्ने मूल नारासहित शेर्पाले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेका हुन्।
पार्टीभित्रको एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उनले कांग्रेसलाई समयानुकूल थप सबल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शेर्पाले कार्यकर्ताको भावना, सुझाव र सहभागितालाई केन्द्रमा राखेर संगठनलाई अघि बढाउने धारणा राखेका छन्।
उनको उम्मेदवारीले क्षेत्रीय तहमा नयाँ सोच, संगठनात्मक सक्रियता र नेतृत्वको विषयलाई थप चर्चामा ल्याएको छ।







