सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ बाट थानेश्वर ओझाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै पार्टीको संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको ओझाले बताएका छन्।

युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको बताउँदै ओझाले पार्टीको १५औँ महाधिवेशनलाई भव्यताका साथ सफल पार्न सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको उल्लेख गरेका छन्।

सुनसरी क्षेत्र नं. ३ का कांग्रेस नेता तथा कार्यकर्ताबीच आफ्नो उम्मेदवारीलाई अघि बढाउँदै ओझाले पार्टी संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Smart

तपाईको प्रतिक्रिया