सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट समाजसेवी, व्यवसायी तथा राजनीतिक व्यक्तित्व जीवन राईले आदिवासी जनजाति कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
‘समावेशी नेतृत्व, समृद्ध नेपालको लागि हाम्रो अभियान’ भन्ने अभियानसहित उम्मेदवारी दिएका राईले आदिवासी जनजातिको हक, अधिकार र सम्मानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
समाजसेवा, व्यवसाय तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका राईले पार्टीप्रतिको निष्ठासँगै युवाको सशक्त प्रतिनिधित्व र समावेशी नेतृत्वलाई प्राथमिकता दिएको बताएका छन्। उनले नेपाली कांग्रेसका वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई साथ, समर्थन र अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै पार्टी संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउन आफूले भूमिका निर्वाह गर्ने राईको भनाइ छ।







