इटहरी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा एक्सपर्ट फाउन्डेसनले २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

संस्थाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।

संस्थाले भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जनाएको छ।

त्यस्तै, बाढी तथा विपत्तिका क्रममा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा एक्सपर्ट फाउन्डेसन परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै संस्थाले बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूका लागि उचित राहत व्यवस्थापनको कामना गरेको छ।

संस्थाले प्राकृतिक विपत्तिको यस कठिन समयमा प्रभावित नागरिकलाई सहयोग र राहत उपलब्ध गराउन आफ्नो तर्फबाट सहयोगको हात अघि बढाएको जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया