इटहरी । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थामा विपद् प्रभावित तथा घाइतेहरूको उपचार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीस्थित सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ हजार १११ सहयोग गरेको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ । विपद्को समयमा प्रभावित नागरिक तथा घाइतेहरूको उपचार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो तर्फबाट सानो भए पनि योगदान गरिएको विद्यालयले जनाएको हो ।

सनसाइन स्कुलले विपद्बाट प्रभावित नागरिकको सहयोगमा सबैले मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।

Smart

तपाईको प्रतिक्रिया