इटहरी । टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजना भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै गएपछि इटहरीस्थित टीभीएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन्।

जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधाका कारण योजनाप्रति ग्राहकको आकर्षण बढेको पारस अटोमोबाइल्स इटहरीका सञ्चालक लीलानाथ लुइँटेलले बताए।

लुइँटेलका अनुसार योजनाअन्तर्गत हालसम्म बिक्री भएका ५५ वटा सवारीसाधनमध्ये २५ वटा पुराना सवारीसाधनसँग एक्सचेन्ज गरी र ३० वटा नगद खरिदमार्फत बिक्री भएका छन्।

योजनाअन्तर्गत नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकका लागि दैनिक रु. १२४ बाट किस्ता सुविधा सुरु हुने जनाइएको छ। साथै, नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ग्राहकको आग्रह तथा योजनाप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै ‘अचम्मैको डिल’ योजनाको अवधि भदौ १५ गतेसम्म थप गरिएको सञ्चालक लुइँटेलले जानकारी दिए।

योजनामा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर समावेश छन्। ग्राहकले पुरानो सवारीसाधनको एक्सचेन्ज, नगद खरिद तथा वित्तीय सुविधामार्फत नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्।

Smart

तपाईको प्रतिक्रिया