इटहरी । अहले सुन्नत वेलफेयर सोसाइटीको मुख्य पहल तथा नेपाल मुस्लिम समुदाय, इटहरीको आयोजनामा मानवीय सेवामूलक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

‘तपाईंको एक थोपा रगत, कसैको जीवन बचाउने आधार बन्न सक्छ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्रि एवम रा.प्र.पा बरिस्ट नेता राम कुमार सुब्बा हुनुहुन्थ्यो ।

उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारी सहभागी भएकी थिइन्।

कार्यक्रममा बोल्दै अहले सुन्नत वेलफेयर सोसाइटीका सचिव शोएब अहमदले लगायत देशका विभिन्न स्थानमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबैलाई सहयोग गर्न आह्वान गरे। उनले विशेषगरी मुस्लिम समुदायसहित सम्पूर्ण देशवासीलाई विपद्को समयमा एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन आग्रह गरे।

सहयोग रकम अन्यत्र नभई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत हस्तान्तरण गरी राष्ट्रिय एकताको बलियो उदाहरण प्रस्तुत गर्नसमेत अहमदले आग्रह गरे।

कार्यक्रममा सोसाइटीका अध्यक्ष हजरत मियाँ, सचिव शोएब अहमद, सहसचिव मेहताब अन्सारी तथा सदस्यहरू इमरान मियाँ, एमडी इरशाद, हबिब शेख, एमडी प्यारे, सलमान अन्सारीलगायतको सक्रिय सहभागिता रहेको थियो।

विपद्को कठिन घडीमा स्वयंसेवी रूपमा रक्तदान गरी मानवीय दायित्व पूरा गर्ने सम्पूर्ण रक्तदातालाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ। रक्तदानजस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया