इटहरी । इटहरीमा सञ्चालित लेट नाइट फुड डेलिभरी सेवा झ्वाट्टाई (Jhwatttai) ले बाढी तथा पहिरो प्रभावित नागरिकको सहयोगका लागि ‘Jhwatttai for Nepal’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानअन्तर्गत ७ दिनसम्म प्राप्त हुने प्रत्येक अर्डरबाट रु. १० झ्वाट्टाईले योगदान गर्ने भएको छ। उक्त रकमको १०० प्रतिशत बाढी तथा पहिरो राहत कोषमा प्रदान गरिने झ्वाट्टाईका सञ्चालक रोशन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार विपद्को कठिन समयमा आफूहरूले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग अभियान अघि बढाएका हुन्। ग्राहकले खाना अर्डर गर्दा प्रत्येक अर्डरबाट राहतमा योगदान पुग्ने भएकाले अभियानमा सबैलाई सहभागी हुन उनले आग्रह गरे।

‘Order. Eat. Contribute.’ भन्ने नारासहित सञ्चालन हुने अभियानमार्फत खाना अर्डर गर्ने कार्यसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न सकिने झ्वाट्टाईले जनाएको छ।

झ्वाट्टाईले राति ४ बजेदेखि बिहान ४ बजेसम्म फुड डेलिभरी सेवा प्रदान गर्दै आएको छ। अभियानबाट संकलित रकम बाढी तथा पहिरो प्रभावितको राहतका लागि प्रयोग गरिने सञ्चालक कार्कीले बताए।

Smart

तपाईको प्रतिक्रिया