सुन्दरहरैँचा  : प्राकृतिक विपद्का कारण बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले मोरङको सुन्दरहरैँचास्थित गछिया युवा समाजले २० हजार ५५ रुपैयाँ सहयोग गरेको छ।

गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार समाजले नेपाल सरकारमार्फत राहत सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो।

विपद्को कठिन समयमा आफूले सकेको सानो सहयोगले पनि पीडित परिवारमा आशा, हौसला र नयाँ ऊर्जा थप्न सक्ने विश्वासका साथ सहयोग गरिएको अध्यक्ष दाहालले बताए। उनले विपद्का बेला एक–अर्काको दुःखमा साथ दिनु, हातेमालो गर्नु र आवश्यक सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गरे।

गछिया युवा समाजले स्थापना कालदेखि नै सेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता परेका समुदाय तथा व्यक्तिहरूको साथमा निरन्तर रहने समाजले प्रतिबद्धता व्यक्त गरेको छ।

मानवीय सेवाको यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सद्भाव र प्रेरणा प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति गछिया युवा समाजले हार्दिक आभार व्यक्त गरेको छ।

Smart

तपाईको प्रतिक्रिया