संसदमा इटहरीको आगलागी र दमकल अभावको मुद्दा : तत्काल अत्याधुनिक दमकल पठाउन सरकारसँग माग

Listen to this article
1 minute read


इटहरी: प्रतिनिधिसभाको आकस्मिक समयमा इटहरी उपमहानगरपालिकामा बढ्दो आगलागीका घटना, दमकल अभाव र सार्वजनिक सम्पत्तिको क्षतिबारे गम्भीर प्रश्न उठाइएको छ।


संसदमा बोल्दै एक सांसदले जेन्जी आन्दोलनपश्चात् इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भएको उल्लेख गर्दै ती घटनाबाट करोडौँ रुपैयाँ बराबरको जनधनको क्षति भएको बताए। आगलागीका कारण व्यवसाय ध्वस्त भएको, पसलहरू जलेर नष्ट भएको र धेरै परिवारको जीवन प्रभावित बनेको उनको भनाइ थियो।


उनले पूर्वकै प्रमुख व्यापारिक सहर इटहरीमा आगो नियन्त्रणका लागि पर्याप्त साधन र तयारी नहुनु दुःखद भएको उल्लेख गरे। दमकल अभावका कारण आगो नियन्त्रणमा ढिलाइ हुँदा नागरिकहरू आफ्नै आँखाअगाडि सम्पत्ति जलिरहेको हेर्न बाध्य भएको उनले बताए।
सांसदले हिजो मात्रै कस्तुरी कलेजमा विद्युत् मिटर सर्ट भएर आगलागी भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ठूलो मानवीय क्षति हुन सक्ने जोखिमप्रति सरकारको ध्यानाकर्षण गराए। “यदि त्यहाँ विद्यार्थीहरूको ज्यान गएको भए त्यसको जिम्मेवारी कसले लिने थियो ?” भन्दै उनले स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठाए।
उनले जेन्जी आन्दोलनका क्रममा अत्यावश्यक दमकलसमेत जलेपछि इटहरीका नागरिकहरू असुरक्षित अवस्थामा बाँच्न बाध्य भएको बताए। आगलागीका घटनामा प्रभावकारी उद्धार र नियन्त्रणका लागि आवश्यक पूर्वतयारी नहुँदा नागरिकहरू त्रासमा रहेको उनको भनाइ थियो।
सांसदले सम्माननीय सभामुखमार्फत नेपाल सरकारसँग इटहरी उपमहानगरपालिकामा तत्काल अत्याधुनिक दमकल पठाउन माग गरे। साथै आपत्कालीन सेवा प्रभावकारी बनाउन दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक उपकरण तत्काल उपलब्ध गराउन पनि आग्रह गरे।
त्यसैगरी, जेन्जी आन्दोलनका क्रममा करिब १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधन जलेको उल्लेख गर्दै उनले जनताको करबाट खरिद गरिएका ती सवारी साधनहरूको बीमा नगर्ने जिम्मेवार पदाधिकारीमाथि उच्चस्तरीय छानबिन गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

छछछछछ

छछछ

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *