राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुहबी नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न

Listen to this article
1 minute read

इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुहबी नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मित्र प्रसाद निरौलाको सभापतित्वमा नयाँ नगर समिति गठन गरिएको हो।

नवगठित समितिको उपसभापतिमा अनिता कुमारी उराउ, सचिवमा प्रेम श्रेष्ठ तथा सहसचिवमा कुलदीप चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अकवाल हुसेन, रूपा कुमारी पोखरेल, मोतीलाल चौधरी, शम्भु प्रसाद शाह, टंक प्रसाद गिरी, अनिल कुमार चौधरी, दुखाराम चौधरी, रूपा कुमारी साहु तथा कमलसरी चौधरी रहेका छन्।

अधिवेशनपछि नवगठित समितिलाई बधाई दिँदै पार्टीका नेताहरूले जनताको विश्वासलाई आत्मसात गर्दै पारदर्शिता, उत्तरदायित्व तथा जनहितका कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

नवगठित समितिले दुहबी नगरपालिकामा पार्टी संगठनलाई थप सशक्त बनाउँदै जनताका समस्या समाधान र सुशासनको पक्षमा सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *