स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा केशव दाहालको उपन्यास ‘इथा’ विमोचन र विशेष विमर्श सम्पन्न

इटहरी | इटहरीमा “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” अन्तर्गत लेखक केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँस्थित फाइन प्रिन्ट प्रकाशनबाट प्रकाशित उक्त उपन्यासको सोही अवसरमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा औपचारिक विमोचन समेत गरिएको थियो।

समकालीन नेपाली आख्यान परम्परामा आफ्नै विशिष्ट पहिचान बनाउँदै आएका इटहरीका प्रतिनिधि लेखकका रूपमा परिचित दाहालको यस कृतिलाई वर्तमान साहित्यिक परिदृश्यको सशक्त, प्रयोगशील र विचारोत्तेजक सिर्जनाका रूपमा मूल्याङ्कन गरिएको छ।

साहित्य, सङ्गीत र बौद्धिक साधनालाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त उत्सवले समकालीन साहित्यिक चेतना, सांस्कृतिक विमर्श र सिर्जनात्मक संवादलाई थप गहिरो र ऊर्जाशील बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा उपन्यास ‘इथा’ माथि केन्द्रित विशेष विमर्श सत्र समेत सम्पन्न भयो। उक्त सत्रमा साहित्यकार भूषिता वशिष्ठ, लीला अनमोल तथा स्वयं लेखक केशव दाहालले कृतिको कथ्य संरचना, वैचारिक आयाम र समकालीन सन्दर्भबारे विस्तृत विमर्श गरेका थिए ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *