स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

राजीनामाको आवाज उठेपछि ओलीको जवाफ- म बकाइदा चुनाव जितेर आएको हुँ, छोड्दिनँ

काठमाडौं | नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्टजवाफ दिएका छन्। 

ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेलसहित नेताहरूलेचुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरू अब ओलीकोनेतृत्वमा एमाले चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। 

नेताहरूले पार्टी पुनर्गठन  मार्गप्रशस्तको कुरा गरेपछि अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएको एकपदाधिकारीले बताए। उनले एमाले नेतृत्व नछोड्ने बताए। 

मलाई कसैले सम्झाउनै पर्दैन। किन सम्झाउनुकसले सम्झाएको?,’ ओलीले भने, ‘यो पद मैले त्यसै लिएकोहोइनबकाइदा चुनावबाट जितेर दिइएको हो।

पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको ओलीको भनाइ थियो। उनले दोहोर्‍याएरै भने, ‘ छोड्दिनँ।

एमाले सचिवालय बैठकमा बोलेका नेताहरूमध्ये शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै ओलीकोपक्षमा उभिएका थिए। त्यस्तैशनिबार सचिव महेश बस्नेतसहित दुई जना सचिव मात्रै ओलीको पक्षमा बोले। 

एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले बीचबीचको धारण राखेको एक पदाधिकारीले बताए।अन्य उपाध्यक्षउपमहासचिव  सचिव भने ओलीको विपक्षमा उभिएका छन्। उनीहरू ओली अध्यक्षबाटराजीनामा दिनुपर्ने धारणा राखेका छन्। 

सचिवालय बैठकमा सहभागी पदाधिकारीहरूका अनुसारओलीको विपक्षमा बोल्नेहरूमध्ये केहीले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केही ‘मार्गप्रशस्त’ भनेका छन्। 

दुई दिनदेखि जारी बैठकमा उपाध्यक्षमहासचिवउपमहासचिव  केही सचिवले आफ्नो धारणा राखिसकेकाछन्। आइतबारको बैठकमा चार जना सचिवले बोल्ने कार्यसूची छ। त्यसपछि सचिवालय बैठक अन्त्य हुनेछ। 

एमाले बैठकमा पदाधिकारी  केन्द्रीय सदस्यको कार्यविभाजनसँगै ११ वटा एजेन्डा छन्। अर्को बैठक आइतबारबिहान साढे ११ बजे अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। 

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *