स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन


विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ ।
केन्द्रीय समितिको निर्देशनअनुसार गठन गरिएका यी समितिलाई २०८३ साल जेठ २१ गते भित्र तोकिएको कार्य सम्पन्न गर्न निर्देशन दिइएको हो ।मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेका अनुसार पार्टीको संगठनात्मक संरचनालाई तल्लो तहसम्म चुस्त बनाउने योजनाअनुसार मोरङका क्षेत्र नं. ४, ५ र ६ मा सदस्यता अध्यावधिक समिति गठन गरिएको हो ।
गठन प्रक्रिया स्थानीय कार्यकर्ताबीचको परामर्श र केन्द्रीय मापदण्डका आधारमा अघि बढाइएको पार्टीले जनाएको छ ।क्षेत्र नं. ४ को संयोजनको जिम्मेवारी भक्तिनाथ माझी क्षेत्र नं. ५ मा दिलीप पोखरेलको संयोजकत्वमा समिति
त्यसैगरी क्षेत्र नं. ६ को नेतृत्व भुवनेश्वर मण्डलले गरेका छन् ।
क्षेत्र नं. २ मा मोदराज घिमिरे संयोजक तोकिएको छ भनेक्षेत्र नं. ३ मा ललितबहादुर श्रेष्ठ संयोजक छन् ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *