स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

भोजपुरका किसान रुद्राक्ष खेतीतर्फ आकर्षित, मैदाने गाउँलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ बनाइने 

इटहरी ।  भोजपुरको अरुण गाउँपालिका सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्षखेतीतर्फ आकर्षित भएका छन्  

परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्यआयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन्  स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाटकिसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्  

मैदाने क्षेत्रको हावापानी  माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानकोअनुभव   एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर्घकालीनआम्दानीको भरपर्दो माध्यम बन्दै गएको   वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुनथालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको   उहाँका अनुसार वडालेआगामी दिनमा रुद्राक्षका बिरुवा वितरणप्राविधिक तालिमबजार व्यवस्थापन  ब्रान्डिङमासमेत ध्यान दिनेयोजना बनाएको   रुद्राक्ष खेतीसँगै यहाँका किसान अन्य फलफूल तथा तरकारी खेती पनि सँगसँगै गर्दै आएकाछन्  तर पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई प्राथमिकता दिनथालेका छन् 

स्थानीयस्तरमा रोजगारी सिर्जनाआर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता बढाउने दिशामा रुद्राक्षखेतीले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ  मैदाने क्षेत्रको यो अभ्यास अन्य सुक्खाग्रस्त तथा पहाडी क्षेत्रका लागिनमुना बन्नसक्ने स्थानीय किसानको भनाइ  ।वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदानेगाउँका अधिकांश किसानले रुद्राक्षको खेती गर्दै आएका छन्  सडक पहुँच विस्तारका कारण रुद्राक्षको खरिदबिक्रीमा सहजता भएको किसानको भनाइ  

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *