स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

रास्वपा कोशी प्रदेश अधिवेशन : सभापतिका लागि सात जनाको प्रतिस्पर्धा, सदस्य पदमा ७१ उम्मेदवार

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन्। विराटनगरमा बुधबार बिहानदेखि सुरु भएको पहिलो प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बनेको हो।

निर्वाचन समितिका अनुसार सभापति पदमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन्।

यसैगरी, प्रदेश समिति सदस्य पदका लागि कुल ७१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

पार्टी विधानअनुसार कोशी प्रदेश समितिको संरचना ६१ सदस्यीय रहने व्यवस्था छ। अधिवेशनमार्फत प्रदेश नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *