स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

अच्छा राई ‘रसिक’ प्रतिष्ठानद्दारा दुई जनालाई सम्मान


इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले शनिबार दुई जनालाई सम्मान गरेको छ ।


संस्थाको १३ औं साधारणसभाका अवसरमा पत्रकार अमर खड्का र १२ वटा भाषामा गीत गाएर चर्चामा रहेकी अम्बिका दवाडी ढकाललाई सम्मान गरिएको हो । खड्का इटहरी वडा नं. १ निवासी हुन् भने ढकाल धरान वडा नं. १५ निवासी हुन् । दुवैलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरी र संस्थाका पूर्व अध्यक्ष लेखनाथ घिमिरेसहितले दोसल्ला र सम्मानपत्र प्रदान गरि सम्मान गरे ।


पत्रकार खड्का दुई दसकअघि देखि पत्रकारितामा क्रियासिल छन् । अम्बिकाले राई, लिम्बु, मगर, मैथिली, भोजपुरी, चौधरीलगायतका १२ वटा भाषामा गीत गाउँनुका साथै भजन पनि गाउँने गरेकी छन् ।
अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले वर्षेनी साहित्यिकसँगै समाजमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने गरेको छ ।

यसअघि साहित्यकार दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गरेको थियो । इटहरीका पुराना स्वर्गीय कवि जीवी लुगुनको पहलमा स्थापना भएको साहित्यिक संस्थाबाट यसअघि नै कलाकार विक्रमश्री, साहित्यकार डा. नरेन्द्र चापागाईं, भाषाशास्त्री भानुभक्त पोखरेल, साहित्यकार भूपाल राई, साहित्यकार प्राध्यापक रामलाल अधिकारी, साहित्यकार शुभ मुकारुङ, पत्रकार प्रतिभा विवश राई, साहित्यकार उपेन्द्र पागल, साहित्यकार अनिल पौडेल, संगीतकर्मी सुरेश गन्धर्व, साहित्यकार ज्योति जंगल र साहित्यकार वियोग सापकोटालाई सम्मान गरि सकिएको छ ।


अच्छा राई ‘रसिक’ भारतीय नेपाली साहित्यकार हुन् । उनले दार्जिलिङमा बसेर नेपाली साहित्यको उत्थानमा विशेष योगदान दिएका थिए । उनका लगन र दोभान दुई वटा उपन्यास पुस्तक र कृतिका रूपमा प्रकाशित छन् । उनका निबन्ध, कथा, कविता र समालोचना पनि छन् ।
१३ औं साधारणसभाका क्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले कला, साहित्य र संस्कृतिको संरक्षण गर्न स्थानीय सरकार दृढ भएको बताइन् । उनले इटहरीलाई समृद्द बनाउनका लागि सवै क्षेत्रको व्यक्तित्व सक्रिय रुपमा जुट्न पनि आग्रह गरिन् ।
कार्यक्रममा अच्छा राई ‘रसिक’ सहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष लेखनाथ घिमिरेले कला, साहित्य र संस्कृतिको विकासले समाजलाई सभ्य बनाउने बताए । प्राध्यापक डाक्टर मोहन तुम्बाहाङ्ले सिर्जना र कला समाजका सम्पति भएकाले गर्दा त्यसलाई जोगाउन सवैमा सकारात्मक चेत हुनुपर्नेमा जोड दिए । धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राईले अच्छा राई ‘रसिक’ प्रतिष्ठानलाई आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, जगदीस सापकोटा, जीवनकुमार राईलगायतले बोलेका थिए । सोही क्रममा टेकबहादुर मोक्तान र सीता दाहालले कविता वाचन गरेका थिए । साधारणसभाबाट साङ्गठानिक र आर्थिक प्रतिवेदन समेत पारित गरियो ।
(साथमा तस्बिर पनि छन् ।)

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *