इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा सञ्चालन भएको ‘TVS मा अपग्रेड हुनेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला सम्पन्न भएको छ । भदौ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको मेलामा ६० वटाभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री भएको आयोजकले जनाएको छ ।
मेलामा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गरेका थिए ।
मेलामा पुराना सवारीसाधनको उच्च मूल्यांकन, आकर्षक नगद छुट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको थियो । फाइनान्स सुविधाका लागि नागरिकता भए पुग्ने व्यवस्था गरिएको थियो भने ग्राहकले दैनिक रु. १२४ देखि EMI मा नयाँ TVS सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत उपलब्ध गराइएको थियो ।
उच्च मूल्यांकन, सहज फाइनान्स र आकर्षक सुविधासहित नयाँ सवारीसाधन खरिद गर्न पाउँदा आफूहरू खुसी भएको ग्राहकहरूले बताएका थिए ।
ग्राहकहरूको चाहनाअनुसार सेवा तथा सुविधा उपलब्ध गराउँदै सवारीसाधन बिक्री गरिएको पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलले बताउनुभयो ।
TVS का विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलमा लागू गरिएको उक्त एक्सचेन्ज मेलाले पुरानो सवारीसाधन साटेर नयाँ सवारीमा अपग्रेड हुन चाहने ग्राहकलाई विशेष अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
मेलाको अवधिभर ग्राहकले आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराई नयाँ TVS सवारीसाधन खरिद गरेका थिए । ग्राहकको माग र प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता एक्सचेन्ज मेला सञ्चालन गर्दै जाने आयोजकले जनाएको छ ।







