विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोप, प्रधानाध्यापक विद्यालय परिसरमै कुटिए

सर्लाही । विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यालय परिसरमै कुटपिट गरेका छन्।

विद्यार्थीमाथि प्रधानाध्यापक झाले अभद्र तथा अपशब्द प्रयोग गरेको आरोपपछि आक्रोशित विद्यार्थीहरूले उनलाई विद्यालय परिसरमै कुटपिट गरेको बताइएको छ।

घटनापछि विद्यालयमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण तथा कुटपिटको कारणबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

Smart

तपाईको प्रतिक्रिया