एसियन हाइवेअन्तर्गत पथरी बजार क्षेत्रमा सडक निर्माण पुनः सुरु

Listen to this article
1 minute read

इटहरी । एसियन हाइवेअन्तर्गत पथरी बजार खण्डलाई पूर्ण सहरीकरणको मापदण्ड अनुसार विकास गर्ने लक्ष्यसहित सडक निर्माण कार्य पुनः सुरु गरिएको छ । 

केही महिना देखि स्थगित रहेको निर्माण कार्य  मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो। पथरी बजार क्षेत्रलाई सहरीकरणको मापदण्डमा राख्दै ५० मिटर चौडाइको सडक निर्माण गरिनेछ। यसअघि इटहरीस्थित आयोजना कार्यालयका प्रमुख जगत प्रजापति, नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा अध्यक्ष भीमकुमार राई, स्थानीय सङ्घर्ष समिति तथा अन्य सरोकारवालाबीच भएको संयुक्त बैठकमा निर्माण कार्यलाई अघि बढाउने विषयमा लिखित सहमति भएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो।

सहमतिअनुसार स्थानीय व्यापारी तथा व्यवसायमा न्यून असर पर्ने गरी निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। एसियन हाइवेअन्तर्गत पथरी बजार क्षेत्रमा लाटी खोलादेखि पथरी खोला सम्मको ७ सय ४० मिटर सडक खण्डमा निर्माण कार्य सुरु गरिएको हो। साविक सडकको बीच भागबाट साढे २० मिटर भित्र दायाँ बायाँ दुवैतर्फ ढल निकासको लागि  नाला निर्माण गरिने छ भने दुवैतर्फ करिब साढे चार मिटर चौडाइका फुटपाथ समेत निर्माण गरिने भएको छ। हिजोदेखि पूर्व बस स्टेण्ड नजिक, पथरी–डाँडिया सडकको प्रवेश द्वार क्षेत्रबाट निर्माण कार्य थालिएको जनाइएको छ । 

सहरीकरणको मापदण्ड अनुसार सडक क्षेत्रमा पर्ने केही संरचनाका घरधनीहरूले आफैंले स्वतस्फुर्त व्यवस्थापन गरी निर्माण कार्यमा सहयोग पु¥याएको वडाध्यक्ष राईले जानकारी दिनुभयो। सरोकारवाला निकाय र निर्माण कम्पनीबीच भएको सहमतिअनुसार हाल सडक निर्माण कार्य अगाडि बढाइएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *