प्रिमियर ग्लोबल स्कुल, इटहरीमा अभिमुखीकरण सप्ताह सम्पन्न

Listen to this article
1 minute read


इटहरी, असार ६ । प्रिमियर ग्लोबल स्कुल इटहरीले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूका लागि विशेष अभिमुखीकरण सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।
जेठ २८ गतेदेखि असार २ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम विद्यार्थीहरूलाई शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासतर्फ अभिप्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको विद्यालयले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन स्वागत तथा इन्डक्सन कार्यक्रममार्फत विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नियम, अनुशासन, उपलब्ध अवसर तथा अपेक्षाबारे जानकारी गराइएको थियो। साथै विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरूसँग परिचय गराउँदै नयाँ वातावरणमा सहज रूपमा घुलमिल हुन सहयोग गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरूलाई भेडेटार भ्रमण तथा हाइकिङ गराइएको थियो। प्राकृतिक सौन्दर्यको अवलोकनसँगै सम्पन्न उक्त गतिविधिले विद्यार्थीहरूमा टोली भावना, नेतृत्व क्षमता, सहकार्य, शारीरिक तन्दुरुस्ती तथा साहसिक सोचको विकासमा सकारात्मक योगदान पु¥याएको विद्यालयको भनाइ छ ।
तेस्रो दिन आयोजित प्रेरणादायी सत्रमा लक्ष्य निर्धारण, समय व्यवस्थापन, सकारात्मक सोच, अनुशासन तथा सफल करियर निर्माणका लागि आवश्यक सीप र मनोवृत्तिका विषयमा मार्गदर्शन प्रदान गरिएको थियो। उक्त सत्रले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण निर्माण गर्न सहयोग पुगेको बताइएको छ।
यस्तै, चौथो दिन इटहरीस्थित सोल्टी होटलमा विशेष अभिमुखीकरण कार्यक्रम तथा औद्योगिक अवलोकन भ्रमण आयोजना गरिएको थियो । होटल तथा आतिथ्य उद्योगको कार्यप्रणाली, सेवा संस्कृति, व्यावसायिक अवसर तथा अन्तर्राष्ट्रिय करियर सम्भावनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर विद्यार्थीहरूले पाएका थिए । विद्यालयका अनुसार यस भ्रमणले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र लक्ष्यअनुसार भविष्यको करियर योजना बनाउन प्रेरित गरेको छ।
कार्यक्रमका क्रममा विद्यालयका सुभाष लुइटेलले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित रहँदै अनुशासन, समर्पण र निरन्तर सिकाइको संस्कार विकास गर्न आग्रह गरेका थिए। उनले आतिथ्य उद्योग नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा तीव्र गतिले विस्तार भइरहेको क्षेत्र भएकाले प्रारम्भिक चरणदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी आवश्यक सीप विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
विद्यालयका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास, सञ्चार सीप सुदृढीकरण तथा करियर लक्ष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। साथै उद्योग तथा कार्यक्षेत्रको वास्तविक अवस्थाबारे जानकारी दिलाउँदै भविष्यका चुनौती सामना गर्न आवश्यक तयारीसमेत गराउने विश्वास विद्यालयले व्यक्त गरेको छ।
अभिमुखीकरण सप्ताहमा सहभागी विद्यार्थीहरूले कार्यक्रमले आफ्नो शैक्षिक तथा व्यावसायिक यात्राको सफल सुरुवातका लागि महत्वपूर्ण आधार प्रदान गरेको प्रतिक्रिया दिएका छन्। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *