स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

पूर्वमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री Rajendra Kharel को ८० वर्षको उमेरमा निधन भएको छ।

श्वासप्रश्वास (दम) सम्बन्धी समस्याका कारण काठमाडौंस्थित अस्पतालमा उपचाररत खरेलको आइतबार राति उपचारकै क्रममा निधन भएको हो। उनी नेपाली कांग्रेसका आदर्शवादी, त्यागी र निष्कलंक नेताका रूपमा परिचित थिए।

राजनीतिक जीवनमा उनले २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। लोकतन्त्रका लागि संघर्ष गर्दै उनले विभिन्न समयमा झण्डै ९ वर्ष जेल जीवनसमेत बिताएका थिए।

वि.सं. २०५६ सालमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खरेलले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रमा ‘प्राथमिक शिक्षा परियोजना’ कार्यान्वयन र देशभर शिक्षक दरबन्दी विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको स्मरण गरिएको छ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने दिउँसो Pashupati Aryaghat मा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *