पत्नी हत्या प्रकरणमा नयाँ खुलासा : ‘नेपाली ब्रो’ले भने– “सबै काम मैले एक्लैले गरेको हुँ”

Listen to this article
1 minute read

काठमाडौं । पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापा मगरले घटनामा आफू एक्लै संलग्न रहेको बयान दिएका छन्। प्रहरीले हालसम्मको अनुसन्धानमा पनि मुख्य दोषीका रूपमा उनैलाई पहिचान गरेको जनाएको छ।

प्रहरीका अनुसार थापा मगरले बयानका क्रममा पत्नी हत्याको सम्पूर्ण जिम्मेवारी आफूले लिएको र घटनामा अन्य कसैको भूमिका नरहेको बताएका छन्। घटनाबारे सोधपुछका क्रममा उनले “सबै काम मैले एक्लैले गरेको हुँ” भन्ने आशयको बयान दिएका हुन्।

यता, उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यले भने कुमारसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेकी छन्। तर, हत्या घटनामा कुनै पनि संलग्नता नरहेको दाबी उनले प्रहरीसमक्ष गरेकी छन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले संलग्नताको आशंकामा कुमारका भाइ विक्रम थापा मगर, उनकी साथी पूजन थापा तथा प्रतीक्षा आचार्यलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, डिजिटल विवरणको अध्ययन तथा बयानका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

पत्नी हत्या प्रकरणले सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म व्यापक चासो र बहस सिर्जना गरिरहेको छ। अनुसन्धानको अन्तिम निष्कर्षपछि मात्र घटनाको वास्तविकता पूर्ण रूपमा खुल्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *