स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुनसरीको विकास अलपत्र, सडकको दुर्दशाले स्थानीय आक्रोश

सुनसरी । सुनसरी क्षेत्र नं–४ (ख) अन्तर्गत हरिनगर र भोक्राहा नरसिंह क्षेत्रमा सडक निर्माण अलपत्र परेपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

चार वर्षअघि ठेक्का लगाइएको भुटाहादेखि वसन्तपुर सडक अझै सम्पन्न नहुँदा स्थानीयले हिलो र खाल्डाखुल्डीमा यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन्। सडकको खराब अवस्थाका कारण एम्बुलेन्स सेवा, विद्यार्थी आवतजावत र दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ।

स्थानीयले विकासको काम ढिलाइप्रति असन्तुष्टि जनाउँदै तत्काल सडक निर्माण पूरा गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *