स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा ४ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट क्षेत्रमा अश्लील हर्कत तथा होहल्ला गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार २०८३ असार ९ गते राति करिब १२:३० बजे दाहसंस्कार गरिने सार्वजनिक स्थानमा केही व्यक्तिहरू भेला भई होहल्ला गरिरहेको र दुई जना व्यक्ति निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याएको जनाएको छ। पक्राउ परेकाहरूमा मोरङका ४४ वर्षीय शुरेन्द्र मणि मण्डल, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरका १८ वर्षीय मानिस काफ्ले तथा मोरङका ४४ वर्षीय छबिलाल घिमिरे रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *