स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

बेलबारी नगरपालिकाद्वारा १ अर्ब २८ करोडको बजेट सार्वजनिक : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

बेलबारी ।बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल १ अर्ब २८ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरवासीको आवश्यकता, दिगो विकास र प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन् । सीमित स्रोत र चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी र सामाजिक सुरक्षाजस्ता आधारभूत क्षेत्रलाई समेटेर बजेट तर्जुमा गरिएको उनले बताइन्

प्रस्तुत बजेटको आम्दानीतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरू मुख्य स्रोतका रूपमा रहेका छन्। नगरपालिकाले संघीय सरकारबाट समानीकरण अनुदानबापत १७ करोड ७४ लाख, सशर्त अनुदानबाट ३५ करोड ११ लाख र राजस्व बाँडफाँडबाट १५ करोड ३२ लाख ४२ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ। यस्तै, प्रदेश सरकारबाट पनि समानीकरण, सशर्त, समपूरक र राजस्व बाँडफाँडमार्फत उल्लेख्य बजेट प्राप्त हुने अनुमान गरिएको छ। नगरपालिकाले आफ्नो आन्तरिक स्रोतलाई पनि सुदृढ बनाउँदै ११ करोड ९७ लाख ९१ हजार २३७ रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको छ भने स्थानीय राजस्व बाँडफाँडबाट १९ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ।

यस पटकको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिइएको छ, जसअन्तर्गत नगर अस्पतालका लागि मात्रै १३ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसका साथै सडक पूर्वाधारका लागि सडक बोर्ड नेपालबाट ५० लाख, विशेष अनुदान १ करोड र समपूरक अनुदान ७० लाख रुपैयाँ परिचालन गरिनेछ। बजेटको कुल खर्चमध्ये चालु खर्चतर्फ ७५ करोड ११ लाख ९२ हजार र पुँजीगत खर्चतर्फ ४७ करोड ८६ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *