काठमाडौँ — काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा राष्ट्रिय स्तरको खुला ‘छैटौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा आयोजना हुन लागेको यस प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढेको आयोजकले जनाएको छ।

यसै क्रममा सुनसरीको इटहरी-२०, तरहरास्थित ‘न्युट्री हब जिम’ (Nutri Hub Gym) का खेलाडी आयुष श्रेष्ठ पनि प्रतियोगितामा सहभागि हुदैंछन् । २३ वर्षीय श्रेष्ठ ७३ किलो तौल समूह अन्तर्गत जुनियर मिस्टर काठमाडौँ शारीरिक सुगठन विधामा प्रतिस्पर्धा गर्दैछन्।

यसका लागि खेलाडी श्रेष्ठले कडा मिहिनेतका साथ तयारी गरिरहेका छन्।

प्रतियोगितामा महिला एथलेटिक्स फिजिक्स, महिला खुला शारीरिक सुगठन, जुनियर मिस्टर काठमाडौँ, पुरुष स्पोर्ट्स/एथलेटिक्स फिजिक्स, पुरुष मास्टर्स तथा पुरुष खुला शारीरिक सुगठन लगायतका विभिन्न विधाहरू समावेश गरिएका छन्।

आयोजक संघका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि भदौ १५ गते साँझ ७ बजेसम्म आवेदन बुझाउने समय सीमा तोकिएको थियो।

राष्ट्रिय स्तरको यस प्रतिस्पर्धाले शारीरिक सुगठन क्षेत्रका नवप्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया