स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरी–२० मा प्रथम अन्तर–विद्यालय फुटसल प्रतियोगिता सम्पन्न, प्याराडाइज इंग्लिस बोर्डिङ विद्यालय च्याम्पियन

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा सम्पन्न प्रथम अन्तर–विद्यालय फुटसल प्रतियोगिता–२०८३ मा वडा भित्रका सात विद्यालयले उत्साहजनक सहभागिता जनाएका छन्। प्रतियोगितामा प्याराडाइज इंग्लिस बोर्डिङ विद्यालय विजेता बन्दा पूर्वाञ्चल माध्यमिक बोर्डिङ विद्यालय उपविजेतामा सीमित भएको छ।

प्रतियोगितामा पूर्व–पश्चिम पोइन्ट इंग्लिस विद्यालय, प्याराडाइज इंग्लिस बोर्डिङ विद्यालय, पूर्वाञ्चल माध्यमिक बोर्डिङ विद्यालय, श्री जनसहयोग माध्यमिक विद्यालय, हिमशिखर इंग्लिस विद्यालय, ज्ञानदर्पण एकेडेमी विद्यालयतरहरा मोडल एकेडेमी विद्यालय गरी सात विद्यालयको सहभागिता रहेको थियो।

व्यक्तिगततर्फ प्याराडाइज इंग्लिस बोर्डिङ विद्यालयका प्रिन्स खत्री पाँच गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए भने सोही विद्यालयका जनोन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए। प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले गरेका थिए भने प्रतियोगिताको संयोजन वडा सदस्य तनुज गुरुङले गरेका थिए।

कार्यक्रममा वडा सदस्य धर्मदेवी गिरी, बहादुर तामाङ, अर्जुन बस्नेत, राजन कटवाल, रत्नप्रसाद कटिवाडा, शिवु रुम्देली राई, सुरज क्षेत्री, तरहरा प्रहरी चौकीका इन्चार्ज चम्पा रानी भुजेल, वडा नं. २० आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज उपेन्द्र शाह तथा वडा नं. २० बाल सञ्जालका सल्लाहकार विकास निरौला लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा अन्जल श्रेष्ठअनिश पुरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने **सन्तोष राई (याखे)**ले तस्बिर खिचेका थिए।

आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, शिक्षक–शिक्षिका, विद्यार्थी, खेलाडी, निर्णायक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अतिथिहरू तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै यस्ता खेलकुद गतिविधिले विद्यार्थीमा खेल भावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *