२४ करोड ८६ लाखमा बनेको धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

Listen to this article
1 minute read


धरान । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।


सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।कुल ३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ–गीताञ्जली जेभी, दुहबी–सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २०७८ असार ३० गते २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो।


धरान उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार बसपार्क २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको हो। बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको छ।


बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधासम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभीसहितको सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ। अन्डरग्राउन्ड पार्किङसहित भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको इन्जिनियर शर्माले बताए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *