स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

अभिषेक गिरी पक्राउ परेको केहि घन्टामै कोशी अस्पतालमा भर्ना


विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीलाई वितरण गरिने गर्मी तथा जाडो भत्ता हिनामिनाको आरोपमा पक्राउ परेका विराटनगर–३ का ४८ वर्षीय अभिषेक गिरी उपचारका लागि अस्पताल भर्ना भएका छन्।


जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार बिहान गिरीलाई पक्राउ गरेको थियो। पक्राउपछि छाती दुखेको भनेर भनेपछि प्रहरीले उनलाई उपचारका लागि कोशी अस्पताल लगेको हो।


कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार गिरी हाल इमरजेन्सी कक्षमा उपचाररत छन्। प्रारम्भिक परीक्षणमा उनको रक्तचाप (प्रेसर) उच्च देखिएको छ भने इसिजी रिपोर्ट सामान्य आएको उनले बताए।
डा. झाका अनुसार रक्तचाप सामान्य अवस्थामा पुगेपछि गिरीलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *