स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरी उद्योग वाणिज्य संघ निर्वाचन : जीवन न्यौपानेको पक्षमा साझा समूहको समर्थन, सदस्यमा जिताउन अपिल

इटहरी । इटहरी उद्योग वाणिज्य संघको निर्वाचन–२०८३ अन्तर्गत वाणिज्य सदस्य पदका उम्मेदवार जीवन न्यौपानेलाई सशक्त मतका साथ विजयी गराउन साझा समूहले उद्योगी–व्यवसायीसमक्ष अपिल गरेको छ।

साझा समूहले सार्वजनिक गरेको प्रचार सामग्रीमार्फत वाणिज्य सदस्य पदका उम्मेदवार न्यौपानेलाई अत्यधिक मतका साथ विजयी गराइदिन आग्रह गरेको हो। साथै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको सिङ्गो साझा समूहको प्यानललाई समेत मतदान गर्न व्यवसायीहरूसँग अनुरोध गरिएको छ।

साझा समूहले व्यवसायीको हकहित संरक्षण, संघलाई थप प्रभावकारी बनाउने, व्यावसायिक वातावरण सुधार गर्ने तथा उद्योगी–व्यवसायीको साझा आवाजलाई बलियो बनाउने प्रतिबद्धतासहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारहरूले यतिबेला व्यवसायी भेटघाट, घरदैलो तथा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। निर्वाचन असार २७ गते हुने तय भएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *