इटहरी | राधाकृष्ण रथयात्राको अवसरमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गतको पूर्वी गैसार साकोस युवा क्लबको आयोजना तथा लियो क्लब अफ इटहरी पाथिभराको व्यवस्थापकीय सहयोगमा पिउने पानी वितरण कार्यक्रम सम्पन्न भएको छ।

रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी रथयात्राको मार्गमा पिउने पानी वितरण गरिएको हो। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा किसान कल्याण साकोसका कोषाध्यक्ष यादव सिग्देल, पूर्वी गैसार साकोसकी प्रमुख रिता रेग्मी, युवा क्लबका सदस्य तथा लियो प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पूर्वी गैसार साकोस युवा क्लबका अध्यक्ष आयुष ढुङ्गेलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई पानी वितरण गर्दै आयोजकले सामाजिक सेवा तथा समुदायप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाउने प्रयास गरिएको जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया