स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

लायन्स क्लब अफ तरहरा इटहरीको अध्यक्षमा भक्तबहादुर पुरी

इटहरी | लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गतको लायन्स क्लब अफ तरहरा इटहरीले वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति विस्तार गरेको छ।

तरहरास्थित चिनो क्याफेमा आयोजित ह्यान्डओभर–टेकओभर कार्यक्रममा नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको घोषणा गरिएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा भक्तबहादुर पुरी चयन भएका छन्। प्रथम उपाध्यक्षमा दीपक भारती, द्वितीय उपाध्यक्षमा थरेन्द्र अधिकारी र तृतीय उपाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्।

त्यस्तै, सचिवमा सञ्जीव वाग्ले, कोषाध्यक्षमा ओमनाथ गौतम तथा सहसचिवमा भोजमान श्रेष्ठ चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा गोविन्द घिमिरे, दीपक कार्की, सुनिल ओझा, पङ्कज पौडेल, उमेश राई र प्रकाश गौतम रहेका छन्।

कार्यक्रममा इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठले लायन्स क्लबले समाजमा निरन्तर सेवामूलक कार्य गर्दै आएको उल्लेख गर्दै यही कारण संस्थाले उच्च प्रतिष्ठा हासिल गरेको बताए।

सो अवसरमा पूर्वअध्यक्ष मेनुका गिरी र मुक्तिनाथ घिमिरेले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा सक्रिय रहन आग्रह गरेका थिए।

निवर्तमान अध्यक्ष पवन अधिकारीले आफ्नो कार्यकालमा ग्लोबल कज (Global Causes) अन्तर्गत सञ्चालन गरिएका विभिन्न सेवामूलक कार्यक्रम तथा सामाजिक अभियानबारे जानकारी गराउँदै ती कार्यक्रमलाई आगामी नेतृत्वले अझ सशक्त रूपमा निरन्तरता दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू दुर्गाप्रसाद पौडेल, सन्तोष श्रेष्ठलगायत लायन्सका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। 

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *