स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

विराटनगर : मुहर्रम पर्वमा नक्कली हतियार प्रदर्शन गरेपछि…

विराटनगर | मुहर्रम पर्वका क्रममा नक्कली हतियार बोकेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १२ गते मुहर्रम पर्व मनाउने क्रममा एक युवक नक्कली हतियार बोकेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान सुरु गर्दै खोजतलास गरेको थियो।

सोही क्रममा सोमबार राति करिब ९ः४० बजेतिर विराटनगर महानगरपालिका–९ निवासी २३ वर्षीय मोहम्मद इजराइललाई उनको घरबाटै उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको हतियार नक्कली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

सार्वजनिक स्थानमा त्यस्तो वस्तु प्रदर्शन गरी सर्वसाधारणमा त्रास फैलाएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *