इनरुवा । इनरुवा नगरपालिका–५, बालाहामा न्यू मडेशा डेरीको नयाँ शाखा उद्घाटन गरिएको छ। विगत ११ वर्षदेखि इनरुवा नगरपालिका–६ मा सञ्चालन हुँदै आएको मडेशा दुग्ध खरिद तथा बिक्री केन्द्रले आफ्नो सेवा विस्तार गर्दै बालाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

ग्राहक तथा दुग्ध उत्पादक किसानलाई थप सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको संस्थाले जनाएको छ। नयाँ शाखाबाट स्थानीय किसानले उत्पादन गरेको दूध खरिद तथा उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने लक्ष्य राखिएको छ।

नयाँ शाखा उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका निर्देशक दिनेश कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अनिलकुमार पोखरेल रहनुभएको थियो।

कार्यक्रममा इनरुवा नगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पोखरेल समाजसेवी पोष्ट कुमार नेपाल, इनरुवा नगरपालिका–१ का वडाध्यक्ष प्रमोद पोखरेल, समाजसेवी माधव सुवेदी तथा प्राज्ञ जिवनाथ पोखरेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रेक्षा आचार्यले गर्नुभएको थियो। शाखा विस्तारसँगै स्थानीय स्तरमै दुग्धजन्य वस्तुको सहज उपलब्धता हुनुका साथै किसानलाई आफ्नो उत्पादन बिक्री गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया