स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी–२ का दिपेन्द्र घिमिरे पालिका नेतृत्व क्षमता तथा मानव संसाधन विभाग प्रमुखमा नियुक्त

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समिति, सुनसरीले पार्टीका सक्रिय सदस्य दिपेन्द्र घिमिरेलाई पालिका नेतृत्व क्षमता तथा मानव संसाधन विभागको प्रमुखमा नियुक्त गरेको छ।

समितिले जारी गरेको नियुक्तिपत्रमार्फत इटहरी उपमहानगरपालिका वडा नं. २ निवासी घिमिरेलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाएको हो। नियुक्तिपत्रमा पार्टीका विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधिअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

रास्वपा इटहरी उपमहानगर समितिका सभापति महेश थापाको हस्ताक्षर रहेको पत्रअनुसार घिमिरेको नियुक्ति साउन १४ गतेदेखि लागू हुने उल्लेख छ। पार्टीले नेतृत्व विकास, संगठन विस्तार तथा मानव संसाधन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभागीय संरचनालाई सुदृढ बनाउने अभियानअन्तर्गत यो जिम्मेवारी प्रदान गरिएको जनाएको छ।

नवनियुक्त विभाग प्रमुख घिमिरेले पार्टीको संगठनलाई थप व्यवस्थित, अनुशासित र जनमुखी बनाउने, नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने तथा योग्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगर समितिले पछिल्लो समय विभागीय संरचनालाई विस्तार गर्दै संगठनलाई थप मजबुत बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *