स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

भानु जयन्तीका अवसरमा इटहरीमा ‘भ्रूणको कारखाना’ कविता सङ्ग्रह लोकार्पण, चार स्रष्टा सम्मानित

इटहरी । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा इटहरी लायन्स क्लबको आयोजनामा सम्पन्न विशेष साहित्यिक कार्यक्रममा कवियत्री शकुन्तला मञ्जरीको कविता सङ्ग्रह **‘भ्रूणको कारखाना’**को लोकार्पण गरिएको छ।

कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएका चार जना स्रष्टालाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेमा इलामका छन्दकवि गङ्गाप्रसाद अधिकारी, इटहरीका साहित्यकार तथा पत्रकार विनोद विवश घिमिरे, मोरङका वीरबहादुर बर्देवा तथा भोजपुरका लोकगायक तेजिन्द्र गन्धर्व रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भानु जयन्ती नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रा. डा. टंक नेउपाने, प्रा. डा. बद्री विशाल पोखरेल, प्रा. डा. मोहन तुम्बाहाङ्ग, वरिष्ठ साहित्यकार एवं गीतकार बम देवान, वरिष्ठ साहित्यकार कुन्ता शर्मा, शैक्षिक व्यक्तित्व लेखनाथ घिमिरे, सुप्रसिद्ध कवि मनु मञ्जिल, कवियत्री टीका आत्रेय, डा. अस्मिता बिष्ट लगायत साहित्य, कला र संस्कृतिका विभिन्न क्षेत्रका स्रष्टा तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा बद्री भिखारी, केशु बिरही, कृष्ण विनोद लम्साल, कृष्ण अधिकारी, ध्रुवराज घिमिरे, सुविद गुरागाईं, भरत बर्बरिक, राजु केसी, जीबी गजल, नवराज नवशिला, रुद्र उप्रेती, शुभद्रा प्याकुरेल, नवराज मैनाली, देवान किराँती, प्रज्ज्वल पराजुली, जीवन राई, गायक बालकृष्ण कार्की, गायिका गङ्गा गौतम, गायक ढुण्डी अधिकारी, ओम ओझा, कवि तिला लेकाली लगायतका साहित्यकार, कलाकार तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कला, साहित्य र संस्कृतिको संरक्षण तथा विकासका लागि निरन्तर सिर्जना, सहकार्य र पुस्तान्तरण आवश्यक रहेको धारणा राख्दै यस्ता साहित्यिक कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरेका थिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *